क्यान नुवाकोटको अध्यक्षमा घले
विदुर खबर
२०८१ मंसिर १५ गते १९:०७
नुवाकोट । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) नुवाकोटको अध्यक्षमा नारायण कुमार घले निर्वाचित भएका छन् ।
शनिवार बट्टारमा भएको संघको पाँचौ साधारणसभा तथा तेस्रो अधिबेशनले घलेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, सह–सचिवमा विशाल सापकोटा र कोषाध्यक्षमा अजय नगरकोटी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा हेमन्त राज घिमिरे र रामकृष्ण देवकोटा निर्वाचित भएका छन् ।
कार्यक्रममा क्यानका केन्द्रिय महासचिव चिरन्जिवस् अधिकारी, सचिव शेखरनाथ दुलाल लगाएको उपस्थिति रहेको थियो ।
Advertisement
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कम्प्युटर सम्बन्धि व्यावसाय गर्ने व्यक्ति तथा संस्थाहरूको साझा संस्था रुपमा रहदै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया