नुवाकोट तादीका कुसुम कडेँल पक्राउ
नुवाकोट । कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा नुवाकोटका एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तादी गाउँपालिका वडा नम्बर ५ कि ३२ कुसुम कडेँल पक्राउ परेकी हुन् । यस्तै सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ रहेका छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्याएका थिए । कुवेत पुर्याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले बताए ।
४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ । कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।
त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् ।
त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया