सुनको मूल्यले पुनः गर्याे रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?
विदुर खबर
२०८१ कार्तिक १४ गते ११:२५
नुवाकोट । सुनको भाउ पुनः ऐतिहासिक उचाईमा पुगेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने गर्दछ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य नै हालसम्मकै उच्च हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो ।
यस दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भएको छ ।
Advertisement
मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया