लायन बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०८१ कार्तिक ११ गते ९:११

नुवाकोट । विदुर २ बट्टारमा रहेको लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Advertisement

साधारणसभाले गत आर्थिक वर्षको आयब्यय विवरणका साथै चालु आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट पारित गरेको छ । सभाको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

Advertisement

साधारणसभाको उद्घाटन गर्दैै प्रमुख श्रेष्ठले बचतकर्ताहरुले गरेको बचत सुरक्षणको लागि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले नगरपालिकाभित्र रहेका सहकारीहरुमा आर्थिक अपचलन समस्या नभएको बताए । उनले जनताको लगानीलाई सुरक्षित बनाउन सबै सरोकारवालाहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

यस्तै नुवाकोटक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठले सहकारी शुशासनको लागि लागानीकर्ताहरुलाई शिक्षा दिनुपर्ने बताए । उनले सहकारीले सेयरधनीहरुलाई सुखदेखि दुखसम्म हेर्नुपर्ने समेत बताए । उनले सहकारीको वासलात ठुलो हुँदैमा सहकारी ठुलो नहुने समेत बताए ।

Advertisement

साधारणसभामा सहकारीका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷८१ मा शेयर रकम ५.२५ प्रतिशतले वृद्धि भई तीन करोड २४ लाख रुपैयाँ पुगेको बताए । उनले सहकारीको निक्षेप २३ प्रतिशतले वृद्धि भएको समेत बताए ।

साधारणसभामा आर्थिक प्रगति तथा अनुमानित बजेट प्रस्तुत गर्दे कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले गत आवमा सहकारीले १७ करोड १५ लाख ९९ हजार ८ सय ६५ रुपैयाँ वचत संकलन तथा १० करोड ६९ लाख ४५ हजार ७ सय ५२ रुपैयाँ कर्जा लगानी गरी १६ लाख २५ हजार रुपैयाँ खुद बचत गरेको बताए ।

सहकारीले चालु आवमा २ करोड एक लाख ५० रुपैयाँ आम्दानी गरी करिव २६ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट वचतकर्ता, ऋणी तथा अन्य विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

साधारणसभामा उत्कृष्ट कारोवारतर्फ अन्नत कुमारी लामिछाने र तुलसिदास रञ्जितलाई सम्मान गरिएको छ भने कर्जातर्फ उत्कृष्ट कारोवार गरेका टेक बहादुर सडौला र प्रमोद बोगटीलाई सम्मान गरिएको छ । यस्तै बाल बचततर्फ सुबोज न्यौपाने र सक्षम सापकोटालाई सम्मान गरिएको छ ।

यस्तै २०८० सालको एसईईमा उत्कृष्ट नतिजा ल्याएका आयुशा शाक्य, बिवश डंगोल र दिलासा केसिलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कुबेरमान श्रेष्ठलाई पनि सम्मान पत्रबाट सम्मानित गरिएको सहकारीका व्यवस्थापक ज्ञानेश्वर अमात्यले जानकारी दिए ।

 

प्रतिक्रिया