विदुर नगरपालिकाले प्लाष्टिकका फूलमाला बिक्रीमा रोक लगायो

विदुर खबर २०८१ कार्तिक ११ गते ६:३३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले तिहारमा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोगमा रोक लगाएको छ ।

Advertisement

विदुर नगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोग नगर्न नगरबासीलाई अनुरोध गरेको छ ।
‘खेतबारीमा नै फूल प्रशस्तै फूलेका छन्, प्रकृतिको उपहारको रुपमा रहेको फूललाई प्रयोग नगरी बातावरणमैत्री नहुने प्लाष्टिकका फूल बिक्री वितरणसहित प्रयोग नगर्न नगरवासीसमक्ष अनुरोध गरेका छौँ,’ मेयर राजन श्रेष्ठले भने ।

नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को पुष्प खेती प्रवर्धन कार्यक्रम अन्तर्गत वडा नम्बर ५ र ९ को कार्यालयमा फुल खेती गरिएकोले त्यसलाई नै सहुलियत दरमा बिक्री गर्ने प्रबन्ध समेत मिलाइएको बताए ।

Advertisement

नगरपालिकाले जारी गरेको सूचनामा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय भएकोले नियमको पालना गर्न भनिएको छ ।

उक्त सूचनाको पालना गर्नु नगर क्षेत्रका सम्बन्धित सवै व्यवसायी तथा नगरवासीमा अनुरोध गरिन्छ । सूचनाको परिपालना नभएमा प्रचलित कानून वमोजिम कारवाही हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाकर पौडेलले बताए ।

Advertisement

विदुर नगरपालिकाले जारी गरेको सुचना ।

प्रतिक्रिया