कल्याणपुरका खड्का पक्राउ

विदुर खबर २०८१ कार्तिक ७ गते १२:२८

नुवाकोट । जबरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेका विदुर नगरपालिका वडा नम्बर १३ का २३ वर्षिय मिलन खड्का पक्राउ परेका छन् ।

Advertisement

वि.स.२०८० चैत १९ गते एक बालिकालाई जबरजस्ती करणी गरी फरार भएका खड्कालाई सोमवार काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ९ गोंगबुबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्कालाई जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद थप गरेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया