बागमती प्रदेशभर कार्डलेस लाइसेन्सलाई मान्यता
नुवाकोट । बागमती प्रदेशभर कार्डलेस सवारी साधन अनुमति पत्रलाई मान्यता दिइएको छ ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले लामो तयारी पश्चात् कार्डलेस लाइसेन्सलाई मान्यता दिएको हो । प्रदेश यातायात मन्त्री प्रेमभक्त महर्जनले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत नेपाल प्रहरीलाई लाइसेन्स जाँच गर्नका लागि स्मार्ट फोन हस्तान्तरण गरी कार्डलेसलाई मान्यता दिइएको घोषणा गरे ।
कार्डलेस लाइसेन्सको रुपमा नागरिक एपमा रहेको लाईसेन्स र क्यूआर कोडलाई प्रयोग गरिने मन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार अबदेखी ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरी नियमन गर्नेछ । कुनै कारणवश ट्राफिक नियम उलंघन भएमा समेत सोही एपको सहायताबाट ट्राफिक प्रहरीले सोही स्थानमा नै जरिवाना गर्न सक्ने र सवारी चालक समेतले पनि तोकिएको जरिवाना अनलाईन प्रणालीको प्रयोग गरी जरिवाना दाखिला गर्न सकिने भएको छ ।
ट्राफिक नियमनलाई सहज बनाउन प्रदेश यातायात मन्त्री महर्जनले कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई १०४ थान स्मार्ट फोन हस्तान्तर गरेका थिए।
मन्त्री महर्जनले नेपालमा लाइसेन्सलाई कार्डलेन्स बनाउनु भनेको ठूलो कोशेढुंगा रहेको बताए । हालको व्यवस्थाबाट लाइसेन्सलाई नियमन गर्नसमेत सहज हुने उनको भनाई थियो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो भई आउने गरेको जनगुनासोलाई सम्बोधन गर्न यो प्रणाली ल्याइएको बताए ।
पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र पाण्डेले संवैधानिक रूपमा प्रदेश सरकारको अधिकार क्षेत्रमा रहेको यातायात व्यवस्थापनलाई संघीय सरकारले यथासिघ्र पूर्ण रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताए ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आगामी दिनदेखि नेपाल प्रहरीले सवारी चालक अनुमतीपत्र चेक जाँच गर्दा भौतिक रूपमा बोकेको स्मार्ट कार्ड वा रसिद बाहेक नागरिक एपमा देखिएको सवारीचालक अनुमती पत्रमा देखिएको क्यूआरको स्क्यान र भेरिफाइ गर्ने र कसैले ट्राफिक नियमको उलंघन गरेमा समेत त्यसैलाई आधारमानी जरिवाना गर्न सहज भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया