दशैँमा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

विदुर खबर २०८१ असोज २५ गते २०:५४
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जाने यात्रुहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

नुवाकोट । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

‘हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’, उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’

Advertisement

अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रतिक्रिया