दशैको अवसरमा ब्रम्हेश्वरी विद्यालयमा सरसफाइ
नुवाकोट, नुवाकोटको ककनी गाउँ पालिका वडा नम्बर-४ निगालेमा रहेको ब्रम्हेश्वरी निम्नमाध्यमिक विद्यालयका विद्यार्थीले दशैको अवसर पारेर विद्यालयमा सरसफाइ गरेका छन।
विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिपेश तामाङको प्रमुख उपस्थितिमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्नुहुदै विद्यालयका प्रधानाध्यापक लोकबहादुर घलेले बिगतमा दशै तथा तिहार जस्ता नेपालीको महान चाडपर्वमा गाउँ शहर चौतारी तथा गोरेटो बाटो सरसफाइ गर्ने चलनलाई मुर्तरुप दिन विद्यालय का चौर तथा कक्षाकोठा सरसफाइ अभियान चलाईएको बताउनुभयो ।
नयाँ पुस्ताले बिस्तारै आफ्नो सस्कृतीलाई बिर्सदै गएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विद्यालयका नेपाली शिक्षिका भगवती कडेलले बताए । सतप्रतिसत तामाङ बालबालिका अध्ययनरत उक्त विद्यालयमा विद्यालयका एकसय २० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया