पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

विदुर खबर २०८१ असोज १४ गते २१:३२

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

Advertisement

निगमकाअनुसार सोमबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँले मूल्य घटाइएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

Advertisement

प्रतिक्रिया