नुवाकोटका निजि विद्यालय आज बन्द
विदुर खबर
२०८१ असोज १३ गते ९:५३
नुवाकोट । नुवाकोटका निजि विद्यालय आज बन्द हुने भएका छन् ।
वर्षाको कारण देशका विभिन्न स्थानमा भएको मानविय तथा भौतिक क्षतिका कारण विद्यालयहरु, विद्यार्थी, शिक्षक र अभिभावकहरुमा क्षति पुगेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्याब्सन वागमती प्रदेश समितिको निर्णय अनुसार आज जिल्लाभरकासंस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लामा कुनै अप्रिय घटना नघटेता पनि मानवीय समवेदना र सांगठनिक मर्यादाको ख्याल एक दिन विद्यालय बन्द गर्न लागिएको प्याब्सन नुवाकोटले जनाएको छ ।
नुवाकोटका संस्थागत विद्यालयहमा अहिले परिक्षा संचालन भइरहेको छ । आज हुने भनिएको परिक्षा आश्विन १७ गते लिने गरि व्यवस्थापन गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया