पहिरोले बालाजु-ककनी-रानीपौवा सडक अवरुद्ध
नुवाकोट । लगातारको वर्षापछि आएको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ आठमाइलमा पहिरो आउँदा सडक दुबैतर्फ अवरोध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहान करिव ९ बजेतिर आएको पहिरोले सडक अवरुद्ध बनेको स्थानियले बताएका छन् ।
यसैविच अविरल वर्षापछि आएको पहिरोले नुवाकोटको विभिन्न स्थानमा क्षति पुराएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार पहिरोले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ केउरीपानीस्थित भुवनेश्वर खतिवडाको घर पुरेर क्षति पुराएको छ । यस्तै पहिरोले ४ वटा बाख्रा र २ वटा गाई मरेको बताइएको छ । सोही स्थानकै सरस्वती खतिवडाको निधारमा सामान्य चोट लागेकोमा उपचारको लागि त्रिशुली अस्पताल पठाइएको छ ।
यता ककनी गाउँपालिका वडा नम्बर ४ सिस्नेरीकी सबिना तामाङको घरमा पहिरोले पुर्ण रुपमा क्षति गरेको छ । त्यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर ५ पहिरेबेशीका सुबबहादुर तामाङले संचालन गरेको रिभरसाईड रिसोर्ट एण्ड रेष्टुरेण्टमाबाढीले क्षति पुराएको छ ।
पन्चकन्या गाउँपालिका वडा नम्बर ५ गिरी टोलका दिपक गिरीको कुखुराको खोरममा ग्यास सिलिन्डर लिक भई आगोलागि हुँदा झण्डै १४ सय वटा कुखुराको चल्ला र १० बोरा कुखुराको दाना जलेर नष्ट भएको छ ।
यस्तै बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीका न्त बहादुर तामाङको घरमा पहिरो झरेर क्षति पुराएको छ ।
नुवाकोटमा बाढी र पहिरोको कारण कुनैपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया