त्रिशुली नदीमा पानीको बहाब उच्च
विदुर खबर
२०८१ असोज १२ गते १७:२४

नुवाकोट । त्रिशुली नदीमा पानीको बहाब अत्यन्त उच्च भएपछि नदी किनारा भन्दा माथिसम्मका धेरै मानिसहरुले घर छाडेका छन ।
धादिङको मलेखुदेखि गजुरीसम्मका धेरै घरपरिवारले घर र पसल छाडेर सुरक्षित स्थानतर्फ सरेको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जनाएका छन ।
त्रिशुलीमा पानीको बहाव बढेपछि यहाँका झलुङ्गे पुलहरु बगाएको छ भने पक्की पुलसमेत बाढीले बगाउने अवस्थामा पुगेको छ। पानीको छाल बस्तीसम्म आइपुगेपछि स्थानीय त्रसित भएका छन ।
बस्ती छाडेर सुरक्षित स्थानमा जान पनि उनीहरुलाई समस्या भएको छ । बाटो बन्द छ । मुल राजमार्गमा कयौँ ठाउँमा पहिरो खसेको छ । पानी रोकिएको छैन ।
त्यसैले नदी किनाराका मानिसहरुको विचल्ली भएको छ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया