पृथ्वी राजमार्गमा ठाउँ-ठाउँमा पहिरो
विदुर खबर
२०८१ असोज ११ गते २२:४८
नुवाकोट । अविरल वर्षाले बगाएर ल्याएको लेदोका कारण नागढुङ्गा-नौविसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।
धुनिवेशी नगरपालिकास्थित खत्री पौवा नजिकै सिस्ने खोलामा काठमाण्डौँतर्फबाट बगेर आएको लोदो सहितको गेग्रयानका कारण त्रिभुवन राजपथ ठप्प भएको हो ।
यातायात बन्द भएपछि राजधानी प्रवेशका लागि आएका र राजधानीबाट बाहिरिने सवारी साधनहरू सडकमा नै रोकिएका छन् । नौविसे नागढुङ्गा सुरुङ्ग मार्ग भन्दा माथिल्लो भागमा गेग्र्यानसहित लेदो आएको हो ।
हिजोदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको पनि ठाउँ ठाउँमा पहिरो खसेको र सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।
जसले गर्दा सवारी आगमनमा निकै समस्या उत्पन्न भएको छ ।
सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाइएको छ । वर्षा भइरहेकोले सो लोदो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया