विदुर कर परामर्श सेवाले १३ औं वार्षिकोत्सव मनायो
नुवाकोट । नुवाकोट, रसुवा र धादिङमा कर सम्बन्धि सेवा सुविधा दिदैँ आईरहेको विदुर कर परामर्श सेवाले आईतवार आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले राज्यलाई तिर्ने कर, कर नभइ रहन हुनुपर्ने बताए । उनले कर तिर्नु सबैको कर्तव्य भएको बताउँदै उनले करको दायरा बढाउनुपर्ने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्ुसक सापकोटा, नुवाकोट औषधी व्यवसायी संघका अध्यक्ष टलकमान श्रेष्ठ, कपडा व्यवसायी संघ नुवाकोटका अध्यक्ष सन्जीव श्रेष्ठ लगायतले आन्तरिक राजश्वमा बृद्धि गर्नुपर्नेमा जोड दिए । उनीहरुले करको दर नभई दायराहरुको बृद्धि गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा विदुर कर परामर्श सेवाका प्रबन्धक दिनेशकुमार श्रेष्ठले प्रविधिमैत्री र डिजिटल कारोबारलाई आत्मसाथ गर्दै उत्कृष्ट सेवा दिँदै जाने बताए । उनले सेवाग्राहीहरुलाई आधिकारिक वेबसाईट र फेसबुकमार्फत कर सम्बन्धी जानकारीलाई प्रभावकारी रुपमा प्रदान गर्दै आइरहेको बताए ।
कार्यक्रममा करदाता सेवा कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्काले विद्यार्थीहरु र स्थानिय क्लबका प्रतिनिधिहरुलाई कर शिक्षा सम्बन्धित जानकारी गराएकी थिइन् ।
विदुर कर परामर्श सेवाले कर÷भ्याट सम्बधि शैक्षिक परामर्श, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु नुवाकोट र रसुवामा सञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया