नुवाकोटमा खोलाले बगाएर एक जना बृद्धाको मृत्यु

विदुर खबर २०८१ असोज १ गते ११:०३

नुवाकोट । खोलाले बगाएर बेपत्ता भएकी नुवाकोटको सुर्यगढीकी ७३ वर्षिय होमकुमारी अधिकारी मृत अवस्थमा भेटिएकी छिन् ।

Advertisement

सोमवार विहान दुप्चेश्वर गाँउपालिका वडा ६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा खोलाले बगाउँदा अधिकारी बेवत्ता भएकी थिइन् ।

बेपत्ता भएकी उनलाई आज विहान ७ बजे दुप्चेश्वर गाँउपालिका वडा नम्बर ६ गौडापुल स्थित तादी खोलाको ढुङगामा अडकेको अबस्थामा मृत शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरी चौकी समुन्द्रटार र इलाका प्रहरी कार्यालय खरानिटाबाट प्रहरी अधिकृत सहितको टोलीले स्थानीय मानिसहरुको सहयोग लिई खोजतलास गर्ने उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।

प्रतिक्रिया