अवैध लागूऔषध गाँजासहित धादिङका तीनजना पक्राउ

विदुर खबर २०८१ भदौ ३१ गते २१:०३

नुवाकोट । अवैध १६ किलो गाँजासहित धादिङका तीनजना पक्राउ परेका छन् ।

Advertisement

गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोग्राम र मोबाइल १ थान सहित सोही गाउँपालिका-४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई गए राती प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु.२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया