विश्वकप लिग-२ : नेपालविरुद्ध क्यानडाले ब्याटिङ गर्दै
विदुर खबर
२०८१ भदौ ३१ गते २०:४१
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने क्यानडाविरुद्धको यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै क्यानडाले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया