नुवाकोटको अमर ज्योती क्याम्पस सेमिफाइनलमा

विदुर खबर २०८१ भदौ २९ गते २१:४७

नुवाकोट । नुवाकोट काठमाण्डैमा जारी दोस्रो अनेरास्ववियु आर आर क्याम्पस÷जिल्ला स्तरीय भलिवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

आज भएको क्वाटरफाईनलमा आयोजक आर आर क्याम्पसको ए टिमलाई सोझो सेटमा पराजित गर्दै नुवाकोटको अमर ज्योती क्याम्पस सेमिफाईनल प्रवेश गरेको हो ।

आर आर ए टिमलाई अमर ज्योती क्याम्पसले २५–१६,२५–२३,२५–१२ सोझो सेटमा पराजित गरेको हो ।

Advertisement

सेमिफाईनल प्रवेश गरेको अमर ज्योतीले फाईनल प्रवेशको लागि आईतवार दिउँसो आर आर क्याम्पसको बि टिमसँग प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका २० क्याम्पसहरुको सहभागिता रहेको छ ।

Advertisement

प्रतिक्रिया