स्थानीय तहलाई बालश्रममुक्त बनाउन हातेमालो गर्छु : मुख्यमन्त्री लामा
नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले वाग्मती प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न प्रदेशले हातेमालो गर्ने तयारी गरिरहेको बताएका छन् ।
६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘पनौती नगरपालिका बालश्रममुक्त घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
मुख्यमन्त्री लामासहित वाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, तीर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवाला सबैले त्यसको दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा मुख्यमन्त्री लामाले बालबालिकाको हक अधिकार र बाल अधिकार संरक्षण गर्न वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।
पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० तयार गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधि सञ्चालन गरेर नगरपालिकालाई बालश्रममुक्त घोषणा गरेको नगर प्रमुख भण्डारीले बताए ।
नगरका १ देखि १२ वडा बालश्रममुक्त भएसँगै पूरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया