नुवाकोटको दुप्चेश्वरमा पहिरोले पुल र चाैपाय बगायो
विदुर खबर
२०८१ भदौ २७ गते १४:२६
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा वर्षासँगैको पहिरोले दुई वटा पुल बगाएको छ।
गएराति वर्षासँगै आएको बाढीले दुई वटा पुल केही चौपाय बगाएको नेकपा एमालेका नेता निलकण्ठ आचार्यले जानकारी दिए । दुप्चेश्वर १ को फेदीमा पहिरो खस्दा फेदीमै रहेको काठे पुल र सिसिपु कसेरीमा रहेको झोलुङ्गे पुल बगाएको उनले बताए । पहिरो सहितको बाढीमा केही गोठ बगेर चौपायहरू वेपत्ता भएको बताइएकाे ५ ।
अहिले घ्याङ्फेदी हुँदै कुटुङ जाने बाटो पूर्ण रूपमा अबरूद्ध रहेको छ । पहिरो पन्छाएर बाटो सुचारू गर्नका लागि स्थानीय प्रशासनलाई खबर गरिएको पनि आचार्यले बताए ।
चौपायको क्षतिको एकिन बिबरण भने आउन बाँकी रहेको ५ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया