कांग्रेसलाई बिग्रन दिँदैनौँ- गगन थापा

विदुर खबर २०८१ भदौ २५ गते ८:२०
sf7df8f}F, @* kmfu'g M dxfdGqL yfkf k|ltlglw;efsf ;f+;b tyf g]kfnL sf+u|];sf dxfdGqL uugs'df/ yfkf cgfdgu/df cfOtaf/ g]kfn cfly{s kqsf/ ;dfh - ;]hg_ n] cfof]hgf u/]sf] …jt{dfg ;/sf/sf] casf] cfly{s k|fyldstfÚ ljifos cGt/lqmof sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷/f;;

नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताएका छन् ।

Advertisement

नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन् । उनले भने, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।”

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उनले जोड दिए । “अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो ।

Advertisement

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताए । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया