प्रदेशसभाले राख्यो प्रदेश ६ को नाम कर्णाली
१२ फागुन, सुर्खेत । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको छ । राजधानी सुर्खेत राख्ने प्रस्तावमाथि छलफल जारी छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत छ ।
अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ ।
प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए ।
सभामुखले भोट हालेनन् ।
सांसद कँडेलको प्रस्स्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया