क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोग
नुवाकोट । ट्रमा सेन्टरमा विगत एक महिनादेखि उपचाररत रहेकी क्यान्सर पिडित महिला रिता तामाङलाई नेपाली कांग्रेस नुवाकोट संगठन विभागले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संगठन विभागको पहलमा संकलन गरिएको ३० हजार नगद बिहिबार अस्पताल पुगेर नुवाकोट कांग्रेस सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले हस्तान्तरण गरे । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ निवासी रिता तामाङ लामो समयदेखि क्यान्सर पिडित विरामी हुन् ।
अहिले उनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको उनको उपचारमा धेरै खर्च आवश्यक परिरहेकोले आर्थिक संकलन गरेर सहयोग गरेको श्रेष्ठले जानकारी दिए । बिरामीको उपचारको लागि थप सहयोग गर्ने समेत उनले बताए ।
तामाङको उपचारका लागि हरिवंश ढकाल, सुरेन्द्र मुड्भरी, रामशरण वस्ति, कृष्ण भट्ट, कृष्ण न्यौपाने, रामराजा बोगटी, सुरज सिलवाल, जगत तामाङ, सबिन श्रेष्ठ, निरज चित्रकार, किरण मग्राती, श्रीराम श्रेष्ठ, कबिन्द्र कारन्जित, रबिन्द्र अर्याल, रामबाबु र रामचन्द्र ढुङेल लगायतले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया