नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनाको तस्वीरहरू
विदुर खबर
२०८१ साउन २४ गते ६:५६

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ ।
घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।
प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताएका छन् । उनका अनुसार, मृत्यु हुनेमध्ये ४ जना चिनियाँ नागरिक छन् ।
एक जना पाइलट नेपाली नागरिक थिए । उनीहरु काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेका थिए ।
हेर्नुहोस् तस्वीरहरुः
Advertisement
सम्बन्धित
प्रतिक्रिया