सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क हुने
नुवाकोट । सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ । यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्यामा वृद्दि भएको छैन । तर जोखिम भने कायम नै छ,’ डा. बुढाथोकीले भने, ‘ मन्त्रालय तथा मन्त्रालयका मातहतका निकायले डेंगुकोे निरन्तर निरागनी र पूर्व तयारी तथा प्रतिकार्यको गतिविधि सञ्चालन गरिरहेको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया