बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

विदुर खबर २०८१ साउन १५ गते १७:३८

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् ।

Advertisement

मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।

Advertisement

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् ।नेमकिपा तटस्थ बसेको छ ।

जम्कट्टेलल ३ माघ २०७९ मा पहिलोपटक १०५ जना सांसद, एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक ६७ सांसद र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक ५६ सांसदको विश्वासको मत लिएका थिए ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ मन्त्री छन् । मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहने गरी जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया