नुवाकोटका बहादुरसिंह लामा बाग्मति प्रदेशको मुख्यमन्त्रि बन्दै

विदुर खबर २०८१ साउन ८ गते १०:५१

नुवाकोट । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस बाग्मति प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा बाग्मति प्रदेशको सरकारको मुख्यमन्त्रि बन्ने भएका छन् ।

Advertisement

बागमतीमा कांग्रेस र एमालेको गठबन्धन सरकार बन्ने भएपछि लामा मुख्यमन्त्रि बन्ने पक्का भएको हो । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा समेत टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ ।

आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

Advertisement

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ । कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेले जम्कट्टेल नेतृत्वको सरकारमा लिएको ५ वटा मन्त्रालयको भागबण्डा पहिल्यै टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । ‘५–५ वटा मन्त्रालयको कुरा पहिल्यै मिलिसकेको थियो । एकीकृत समाजवादीले लिएको दुई वटा मन्त्रालयमा मात्रै कुरा मिलेको थिएन,’ उनले भने ।

Advertisement

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

आज मंगलबारभित्र दुवै दलले मन्त्रीहरुको नाम टुंग्याएर बुधवार मुख्यमन्त्रीसहित १३ जना मन्त्रीहरुको एकैपटक सपथ गराउने तयारीमा दलका नेता लामा र थपलिया जुटेको उनले जानकारी दिए ।

प्रतिक्रिया