धादिङ अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया

विदुर खबर २०८१ साउन ७ गते १८:३८

नुवाकोट । धादिङ जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ ।

Advertisement

गएराती अचानक पेट दुखेर अस्पताल आएका ७० वर्षिय एक पुरुष बृद्धको चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको (DUODENAL PERFORATION) र पेटमा तरल पदार्थ जमेको पाईएपछी शल्यक्रिया गरिएको अस्पताल सूचना अधिकारी डा. राम रिजालले जानकारी दिए ।

यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालमा पहिलो पटक गरिएको रिजालले बताए ।

Advertisement

सर्जन टीम डा नवीन महासेठ,डा प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स र ओटी असिस्टेन्टको टोलीबाट आन्द्राको शल्यक्रिया गरिएकोे रिजालले बताए ।

प्रतिक्रिया