पर्यटकको आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना

विदुर खबर २०८१ असार २४ गते ११:१८

रसुवा । प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरना पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ।

Advertisement

जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना हेर्न पर्यटकहरुको आगमन बढेको वडा नं २ का वडा अध्यक्ष टुकु सुवेदिले बताए।

उनका अनुसार अहिले झरना निस्केको छ । हरेक वर्ष बर्खाको समयमा मात्रै देखापर्ने उक्त झरनामा रमाउन देश विदेशबाट हजारौँ मानिसहरूकाे घुइँचो लाग्दछ ।

Advertisement

यही झरनाको कारण यस क्षेत्रकाे महत्त्व बढ्दै गएको र हरेक वर्ष यहाँ आउने पर्यटकहरूकाे सङ्ख्या पनि बढेको छ । प्राकृतिक साैन्दर्यकाे स्वरूपमा रहेको झरना, यस ठाउँकाे स्थानीय मौलिक कला सांस्कृतिक र स्थानीय जनजीवनले पर्यटकलाई आर्कर्षित बनाउँछ । यस वर्ष पनि याे झरनाले पर्यटकीय गन्तव्य स्थलमा स्थापित गर्ने वडा अध्यक्ष सुवेदी बताउँछन् ।

यस ठाउँमा मानिसहरू विशेष गरी टिकटक बनाउन भिडियो बनाउन फोटो खिच्न कोही पारिवारिक सदस्यसहित रमाउन आउँछन् । यस ठाउँमा सुविधा सम्पन्न खाने बस्ने होटलको पनि व्यवस्था रहेको छ।

Advertisement

प्रतिक्रिया