शंखादेवि माविमा विज्ञान प्रयोगशालाको उद्घाटन

विदुर खबर २०८१ असार २१ गते २१:४७

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ५ कल्लेरीडाँडामा रहेको श्री शंखादेवि माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ ।

Advertisement

गाउँपालिकाद्धारा निर्माण गरिएको विज्ञान प्रयोगशाला (साइन्स ल्याब) को बिहिबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले ल्याबले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारमा ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा अन्य विद्यालयमा पनि माग र आवश्यकता आधारमा अन्य शैक्षिक संरचनाहरु निर्माण गर्दै जाने प्रतिवद्धता जनाए ।

Advertisement

प्रतिक्रिया