नुवाकोटमा पूजीबजार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

विदुर खबर २०८१ असार १९ गते १४:४४

नुवाकोट । नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानी शिक्षा दिन नुवाकोटमा पूजीबजार सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

नेपाल स्टक एक्सचेन्स लिमिटेड आयोजना तथा नेपाल स्टक हाउस ब्रोकर नं १४ को सहजीकरणमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बजारमा लगानी गर्दा अध्ययन गरेर लगानी गर्नुपर्ने बताए । उनले शेयर बजारको विकासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए । साथै नाफा कमाउन अरुको लहलहीमा लोभमा परेर ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न समेत आग्रह गरे ।

Advertisement

सचेतना कार्यक्रममा नेप्सेका प्रबन्धक रामेश्वर फुयाल र प्रवत्ता मुरारी पराजुलीले प्रस्तुतीकरण दिएका थिए । उनीहरुले सचेतना कार्यक्रममा सहभागी लगानीकर्ताहरुले राखेको जिज्ञाशा तथा प्रश्नहरुको जवाफ दिदैं प्रष्ट पारेका थिए । उनीहरुले अहिलको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले नुवाकोटमा रहेका शेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । शेयर उनले सचेतनता कार्यक्रमले नुवाकोटका लगानीकर्ताहरुलाई हौसला प्राप्त भएको समेत उल्लेख गरे ।

नुवाकोटमा पछिल्लो समय सेयर लगानीकर्ताहरु बढीरहेकोले जनचेतना फैलाउने तथा पूँजी बजारमा आम मानिसहरुलाई सकृय बढाउन नुवाकोटमा पूजी बजार सचेतना कार्यक्रम वषैपिच्छे गरिरहेको नेपाल स्कट हाउस नुवाकोटका शाखा प्रमुख सुदिप अर्यालले बताए ।

कार्यक्रममा सहभागीहरुले नियमनकारी निकायले प्रभावकारी काम गर्न नसक्दा आफुहरुको लगानी जोखीममा परेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा सेयर बजारसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया