नयाँ सरकार बनाउन कांग्रेस-एमालेबीच सहमति
विदुर खबर
२०८१ असार १९ गते ६:५५
नुवाकोट । संसद्का दुई ठुला दल कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन्।
दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि सोमबार मध्यराति सत्ता सहकार्यका लागि शीर्ष तहमा सहमति जुटेको हो।
सहमति अनुसार सुरुमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ। जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि बाँकी अवधि चुनावसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिमा उल्लेख छ।
एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति पनि भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया