चौघडाका कृषक अगस्ती सम्मानित
विदुर खबर
२०८१ असार १७ गते ९:०७
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका कृषक रामचन्द्र अगस्ती सम्मानित भएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नुवाकोट क्षेत्र नं १ ले अगस्तीलाई सम्मान गरेको हो । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्देशन समितिका अध्यक्ष तथा पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनीले उनलार्ई सम्मानपत्रले सम्मान गरेका हुन् ।
उनलाई कृषि प्रणालीमा आधुनिकिकरण गर्दै आफ्नै प्रयासमा विभिन्न कृषि औजार निर्माण गर्दै आएको भन्दैसम्मान गरिएको राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका केन्द्रीय सदस्य अर्जुन थपलियाले विदुर खबरलाई जानकारी दिए ।
कार्यक्रममा कलाकारहरुले असारे भाकाका घाँसे गीत समेत गाएका थिए । अगस्ती वैदेशिक रोजगारबाट नेपाल फर्केर अहिले कृषि क्षेत्रमा सक्रिय छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया