लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ
विदुर खबर
२०८१ असार १६ गते १५:३८
नुवाकोट । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको आरोप लागेको छ ।
सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया