सावधान ! यसरी खानेकुरा सेवन गर्दा क्यान्सर हुनसक्छ
बाच्नका लागि खानेकुरा खान्छौं । स्वस्थ्य र तन्दुरुस्त रहनका लागि खानेकुरा खाइन्छ । तर, त्यही खानेकुरा रोगको कारण बन्न सक्छ । त्यही खानेकुरा, जसले शरीरलाई रोगी र जिर्ण बनाउन सक्छ । कुन अवस्थामा यस्तो हुन्छ भने, जब हामी खाने ढंग पुर्याउँदैनौं ।
अक्सर हामी खानेकुरा पकाउँदा त्यो कति स्वस्थ्यकर बनाउने भन्ने कुरामा ख्याल गर्दैर्नौं । केवल जिब्रोको स्वादलाई ध्यान दिन्छौं । सामान्यत, हामी बासी खानेकुरालाई पुन भुटेर, तताएर खान्छौं । यसो गर्दा ति खानेकुराको पोषक तत्व त नष्ट हुन्छ नै, थप विषाक्त पनि बन्छ । अर्थात खानेकुराको नाममा हामी बिष सेवन गर्न पुग्छौं ।
यस्तो अवस्था त त्यो बेला बढी हुन्छ, जब पटक पटक एकै तेल प्रयोग गरिन्छ ।
हामीकहाँ के चलन छ भने, धेरै तेल हालेर खानेकुरा पकाउने । तेल बाँकी रह्यो भने, त्यसलाई पुन प्रयोग गर्ने । बजारको खानेकुरामा त यस्तो अधिक हुनेगर्छ । यद्यपी घरमा पनि हामी त्यही गल्ती गरिरहेका हुन्छौं । किनभने एक पटक प्रयोग गरिएको बाँकी तेल फ्याक्न हामीलाई लोभ लाग्छ । त्यसलाई पुन प्रयोग गर्छौ, तर त्यसले स्वास्थ्यलाई भने गंभिर असर गरिरहेको हुनछ ।
चाडपर्व, बिहे भोजमा तेलको अत्याधिक प्रयोग गर्छौ । मिठाई वा अन्य खानेकुरा पकाएर बाँकी रहेको तेल राख्छौं । त्यसलाई पुन प्रयोग गर्छौं ।
एक पटक प्रयोग गरिसकेको तेल दोस्रो वा तेस्रो वा चौथो पटकसम्म पुन प्रयोग गर्छौं । एक पटक कुनै खानेकुरा पकाएर बाँकी रहेको तेललाई पुन तताउँदा त्यो विषाक्त बन्छ । आहार विशेषज्ञका अनुसार ‘त्यसरी तताउँदा मुक्त कण बन्छ । यो मुक्त कण स्वस्थ्य कोशिकासँग जोडिन्छ र त्यसले केहि रोग पैदा गर्छ ।’
विज्ञका अनुसार त्यस्ता कणले क्यान्सर समेत पैदा गर्न सक्छ । रक्त धमनीमा खराब कोलेस्ट्रोरको स्टर बढाउँछ । धमनीमा अवरोध आउँछ ।
जति पटक ततायो, उत्तिनै विषाक्त
तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।
पेटको क्यान्सर हुनसक्छ
तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ ।
यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै फ्रि रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।
कोलेस्टोर बढाउँछ
तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।
डिप फ्रार्इ खानेकुरा कति हानिकार ?
हामी स्वादको लागि डिप फ्रार्इ गरेर खानेकुरा सेवन गर्छौ । तर, यो एकदमै हानिकारक हुन्छ । डिप फ्रार्इ गर्दा त्यसको भाँडामा रहेको केमिकल खानेकुरामा मिसिन्छ । खानेकुरामा रहेको पोषक तत्व नष्ट हुन्छ । अत्याधिक तताइएको तेल पनि विषाक्त बन्छ । त्यसैले संभव भएसम्म डिप फ्रार्इ खानेकुरा सेवन गर्नु हुँदैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया