नुवाकोट जिल्ला लिगको फाईनल खेल शनिवार हुने

विदुर खबर २०८१ जेठ ३१ गते २२:३७

नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि गत शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको फाईनल खेलको बाँकी समयको खेल आगामी असार १ गते शनिवार हुने भएको छ ।

Advertisement

नुवाकोट जिल्ला फुटवल संघको शनिवार बसेको बैठकले गत शनिवार स्थगित गरिएको फाईनल खेलको बाँकी रहेको समयको खेल आगामी शनिवार खेलाउने निर्णय गरेको हो ।

शुक्रवार नुवाकोट जिल्ला फुटवल संघले एक सुचना जारी गर्दै खेल आगामी असार १ गते खेलाउने जनाएको छ । फुटवल संघका महासचिव विष्णु चालिसेले स्थगित खेलको बाँकी समय असार १ गते दिउँसो ४ बजे हुने बताए ।

Advertisement

उनका अनुसार प्रतियोगिता नियमावलीको नियम २२ र नियम २५ को १ बमोजिम संचालन गरिने जानकारी दिए । विदुर खबरलाई प्राप्त जानकारी अनुसार खेल ६५ मिनेटदेखि खेलाइने भएको छ ।

यसअघि गत शनिवार भएको खेलमा न्यु ईनारपाटी युवा क्लबले खेलको ६५ औ मिनेटमा गरेको गोललाई रेफ्री दिनेश अािधकारी गोल दिएपनि सहायक रेफ्री पुर्णमान चित्रकारले अफसाईड दिएपछि खेल मैदान केहीवेर तनावग्रस्त बनेको थियो ।

Advertisement

त्यसपछि दर्शकले रेफ्री पुर्ण चित्रकारलाई मुक्का हानेपछि खेल मैदानमा झण्डै आधा घण्टा तनावग्रस्त बनेपछि खेल एक दिनको लागि स्थगित गरिएको थियो ।

तर गोलको विषयमा लगातार विवाद हुँदा प्रतियोगिता सम्पन्न हुन सकेको थिएन । ईनारपाटी क्लबले आफुले गरेको गोललाई मान्यता दिनुपर्ने माग गर्दै आएको थियो भने बट्टार युथ क्लबले रेफ्रीमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दे आएको थियो ।

यसअघि खेलमा विवाद शुरु हुनुभन्दा अघि बट्टार युथ क्लबले १–० गोलले अगाडी रहेको थियो । बट्टारलाई अग्रता दिलाउन खेलको ४० औ मिनेटमा जर्सी नम्बर १५ का रितिक डोनाले गोल गरेका थिए ।

प्रतिक्रिया