विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई न्यानो झोला उपलब्ध गरायो
नुवाकोट । विदुर नगरपालिकाले मंगरवार त्रिशुली अस्पताललाई आइरन, क्यालसियम र न्यायो झोला उपलब्ध गराएको छ ।
मंगलवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डित र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामालाई आइरन, क्यालसियम र न्यायो झोला वितरण गरेका हुन् ।
आइरन, क्यालसियम र न्यायो झोला वितरण कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले त्रिशुली अस्पताललाई आवश्यक परेको समयमा विदुर नगरपालिकाले सधै सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा पनि अस्पतालको आवश्यकताको पहिचान गरेर नगरपालिकाले सहयोग गरिरहने प्रतिबद्धता व्यत्त गरे ।
यसअघि त्रिशुली अस्पतालले अस्पतालमा विरामीको चाप बढी रहेकोले आइरन, क्यालसियम र न्यायो झोलाको अभाव भएको भन्दै सेवा प्रवाह गर्न कठिनाई भएकोले सहयोग गर्न नगरपालिकालाई अनुरोध गरेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई नरन्तर सहयोग गरिरहेको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।
आइरन, क्यालसियम र न्यायो झोला वितरण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारी, नगरपालिकाको स्वास्थ्य शाखाको कर्मचारी लगायतको उपस्थिति रहेका
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया