नुवाकोट जिल्ला लिगको फाईनल खेल पुन स्थगित

विदुर खबर २०८१ जेठ २९ गते २१:०७
खेल नहुने भएपछि मैदानबाट बाहिरदिैँ दर्शकहरु ।

नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको बाँकी रहेको खेल मंगलवार पनि स्थगित भएको छ ।

Advertisement

नुवाकोट जिल्ला फुटवल संघको आईतवार वसेको बैठकले जिल्ला लिगको फाईनल खेलको बाँकी रहेको समयको खेल मगलवार दिउँसो ४ बजे खेलाउने निर्णय गरेपनि खेल हुन सकेन ।

नुवाकोट जिल्ला फुटवल संघ र न्यु ईनारपाटी युवा क्लबको प्रतिनिधिविचको वार्ता विना निश्कर्ष सकिएपछि मंगलवार गर्ने भनिएको खेल फेरि स्थगित भएको हो ।

खेल हुने वा नहुने अन्यौल भएपछि फुटवल संघ वरपर रहेका दर्शकहरु ।

Advertisement

खेल हुने भनेपनि आज पनि दर्शकहरु मैदानमा आएर फर्किएका थिए । झण्डै साढे ५ बजेपछि खेल नहुने निश्चित भएपछि दर्शकहरु मैदानबाट वाहिरिएका थिए ।

न्यु ईनारपाटी युवा क्लबले आफुहरुले गरेको गोललाई मान्यता दिनुपर्ने, खेल पुन सुरु समयबाट खेलाउनुपर्ने तथा खेल खेलाउने रेफ्री दिनेश अधिकारी, पुर्णमान चित्रकार लगायतलाई छानविन समिति गठन गरेर कारवाही गर्नुपर्ने माग राख्दै आएको छ भने नुवाकोट जिल्ला फुटवल संघले रेफ्रीको निर्णय नै अन्तिम रहेकोले यसलाई स्वीकार गर्नुको विकल्प नरहेको बताउँदै आएको छ ।

Advertisement

यसैविच मंगलवार दिउँसो जिल्ला प्रशासन कार्यालय नुवाकोटमा फुटवल संघ र क्लबका प्रतिनिधि तथा विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेको रोहवरमा वसेको बैठकले एक खालको सहमतिको मस्यौदा तयार गरेपनि त्यसको केही समयपछि तुहिएको थियो ।

त्यसपछि क्लबका प्रतिनिधि र वडाध्यक्ष चालिसे पुन जिल्ला प्रशासन पुगेपछि फाईनल खेल्ने दुई क्लब बट्टार र ईनारपाटीलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले छलफलमा बोलाएको छ ।

बुधवार क्लबका प्रतिनिधि र एन्फाको सहमति भएमा शुक्रवार वा शनिवार खेल संचालन हुन सक्ने बताइएको छ । विशेष गरि क्लबका केही खेलाडीहरु कामको शिलशिलामा नुवाकोट वाहिर रहेकोले उनीहरुलाई समेत मध्यनजर गरेर खेल शुक्रवार वा शनिवार खेलाउन सक्ने ईनारपाटी युवा क्लबका प्रशिक्षक मधुसुदन थपलियाले जानकारी दिए ।

क्लबको आम्दानी छैन, सधैँ खेलाडीहरुलाई पालेर पनि राख्न सकिदैन, आफ्नो आफ्नो काममा जानुस् भन्नै प¥र्यो, फुटवल खेलेरै बाँँन सक्ने स्थिति छैन थपलियाले भने ।

नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले खेल ६६ औ मिनेटदेखि सुरु गर्ने बताए । तर कुन वार र समयमा खेलाउने भन्ने विषयमा भने टुङ्गो नलागेको उनले बताए ।

यसैविच बट्टार युथ क्लबले मंगलवार एक विज्ञप्ती सार्वजनिक गर्दे नुवाकोट जिल्ला फुटवल संघको कमजोर व्यवस्थापनको कारण आफुहरुले दुख पाएको बताएको छ । अध्यक्ष सुरज श्रेष्ठले एक विज्ञप्ती जारी गर्दे फुटवल संघको गैर जिम्मेवारप्रति घोर आपत्ति प्रकट गरेको छ ।

प्रतिक्रिया