प्याब्सन नुवाकोट जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नुवाकोट जिल्ला स्तरीय चित्रकला आईतवार सम्पन्न भएको छ ।
प्याब्सन नुवाकोटको आयोजनामा विदुर ५ मा रहेको गुडविल एकेडेमीमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्याब्सन नुवाकोटका अध्यक्ष तारावहादुर कार्कीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न चित्रकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न प्याब्सन नुवाकोट सधैँ तयार रहेको समेत बताए ।
प्रतियोगिता दुई समुहमा आयोजना गरिएको थियो । जसमा कक्षा एकदेखि ५ सम्मको समहुमा ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो भने
कक्षा ६–१० सम्मको २५ जना विद्यार्थी सहभागि भएको गुडविल एकेडेमीका पिन्सिपल रामराज कुमालले जानकारी दिए ।
प्रतियोगिताको विजेता र उपविजेताहरुलाई आगामी साता नगद र प्रमाणपत्रसहित सम्मान गर्ने बताइएको छ ।
चित्रकला प्रतियोगितामा जिल्लाका १६ ओटा निजि विद्यालयका ५६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया