त्रिभुवन त्रिशुली वहुमुखी कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिशूली वहुमुखी कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
शुक्रवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको त्रिभुवन त्रिशूली वहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत उर्मिला मिजार र शान्ति मिजार रहेका छन् भने बिबिएस दोस्रो वर्षमा अध्ययनरत सजना खाती, पार्वती थापा मगर र अमिशा तामाङ रहेका छन् ।
जसमध्ये त्रिकास सहाकारीले साजना र उर्मिलालाई छात्रवृत्ति उपलब्ध गराएको छ भने साघुँ सहकारीले उर्मिशा र पार्वतीलाई छात्रवृत्ति दिएको छ । त्यस्तै माता मनकामना सहकारीले शान्ति मिजारलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
यस्तै संगम बचत तथा ऋण सहकारी संस्था र त्रिशूली बचत तथा ऋण सहकारी आ–आफ्नो साधारणसभामा समान दुई/दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको क्याम्पसका प्रिन्सिपल रीता पछाईले जानकारी दिइन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले कलेजको विद्यमान समस्या समाधान गर्न र कलेजको भौतिक र शैक्षिक स्तर उन्नयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यत्त गरे । त्यस्तै उनले क्याम्पसको लागि आवश्यक दुई थान ल्यापटप समेत यहि चालु आर्थिक वर्षभित्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा क्याम्पसका संचालक समिति अध्यक्ष नारायण श्रेष्ठले क्याम्पसको वर्तमान समस्या , अवस्था, चुनौती र संभावनावारे जानकारी दिएका थिए । साथै क्याम्पसमा रहेका विद्याथीृहरुलाई छात्रवृत्ति वितरण गर्ने संस्थाहरुप्रति समेत आभार प्रकट गरे ।
त्यस्तै कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य कुलवहादुर खड्गीले क्याम्पसमा रहेको समस्या वारे जानकारी गराएका थिए । भने स्ववियू सभापति किरण मग्रातीले विद्यार्थीहरुको समस्या तथा नगरपालिका र क्याम्पस प्रशासनले गर्ने सहजीकरणको विषयमा बताएका थिए ।
कार्यक्रममा मेयर श्रेष्ठले छात्रवृत्ति उपलब्ध गराउने संस्थाका प्रतिनिधि र हाल अमेरिका रहेका डा.दिपेन्द्र दाहाललाई समेत प्रतिनिधि मार्फत कदरपत्र प्रदान गरेका थिए । डा. दाहालले क्याम्पसको लागि ४० हजार रुपैयाँ भौतिक सामाग्री खरिदका लागि उपलब्ध गराएका थिए ।
कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ ,त्रिकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिलकुमार श्रेष्ठ ,साँघु वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कुमारमान मलेकु ,माता मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविनकृष्ण राजभण्डारी ,कलेजका संस्थापक सदस्य कुलवहादुर खड्गी, विदुर नगरपालिका वडा नम्बर १ का वडा सदस्यहरु निजेश श्रेष्ठ ,भगवती राजभण्डारी ,रामगोपाल श्रेष्ठ ,वडा सचिव विष्णु गजुरेल, स्ववियू सभापति किरण मग्राती तथा विद्यार्थीहरु उपस्थित रहेको थियो ।
त्यस्तै सहयोगी संस्थाका प्रतिनिधि र दाताहरुलाई समेत नगरप्रमुख श्रेष्ठले कदरपत्रद्धारा सम्मान व्यत्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया