हाजिरीजवाफ प्रतियोगिताको उपाधि संस्कृत माविलाई
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजनामा भएको माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि संस्कृत मावि देविघाटले जितेको छ ।
संस्कृत माविले समग्रमा ८५ अंक हात पार्दै प्रतियोगितामा प्रथम स्थान हात पार्दै ६ हजार रुपैयाँसहित प्रमाणपत्र हात पार्न सफल भयो ।
पहिलो चरणमा संस्कृत मावि र चन्द्रन्योती माविले समान ८०÷८० अंक प्राप्त गर्दा प्रतियोगिताको विजेता थप एक प्रश्न सोधेर चयन गरिएको थियो ।
प्रतियोगितामा ८० अंकसहित दोस्रो भएको चन्द्रन्योती माविले ४ हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो ।
त्यस्तै ५५ अंकसहित गुडविल एकेडेमी तेस्रो भयो । उसले नगद तीन हजार रुपैयाँ हात पार्न सफल भयो ।
प्रतियोगितामा सानत्वना स्थान हात पारेको च्वाडी पब्लिक माविले नगद एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र हात पारेको कार्यक्रम संचालक राजकुमार गजुरेलले जानकारी दिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले विद्यालयको शैक्षिक रुपान्तरणको लागि वडा कार्यालय सबै सरोकारवाला निकायहरुसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यत्त गरे । उनले विद्यार्थीहरुको क्षमता विकास गर्ने काममा वडा कार्यालय सधैँ लागि परेको बताए । विद्यार्थीहरुले अझै धेरै क्षमता बढाउन पर्ने देखिएको भन्दै वडाध्यक्ष न्यौपानेले अतिरित्त कृयाकलापमा विद्यालयहरुले समेत ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा वडा नम्बर ५ मा रहेका शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालय, चन्द्रज्योति मावि, च्वाडी पब्लिक मावि र गुडविल एकेडेमीको विद्यालयहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया