अमात्यले बालगृहमा जन्मदिन बनाइन्
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटकी महिला नेतृ तथा नेपाल उद्योग वाणिज्य महासंघ बाग्मति प्रदेश सदस्य गीता अमात्यले आफ्नो जन्मदिन बालगृहमा मनाएकी छिन् ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको आमायाको माया छात्रवासमा अमात्यले साथीहरु र बालगृहमा रहेका १९ जना बालबालिकासंग जन्मदिन मनाएकी हुन् ।
अमात्यले बालबालिकालाई खाद्यान्न, स्टेसनरी फलफुल लगायतका सामागी बितरण गरेकी थिइन् । बाहिर गरिने अनावश्यक फजुल खर्च असाय बालबालिकाहरुमा सहयोग गर्न जन्मदिन उनीहरुसंग मनाएको उनले बताइन् ।
हामीले जन्मदिनमा फजुल खर्च गर्छै । यही फजुल खर्च रोक्न सन्देश मिलोस भनेर सहयोग गरेको हु । यसरी सहयोग गर्दा मनमा छुट्टै खुसी महशुस हुदो रहेछ । हामी सबैले आफ्नो जन्मदिन अरुलाई सहयोग गरेर मनाउनु पर्छ ” उनले भनिन् ।
उनले जन्मदिन, अन्य पुन्यतिथि तथा विभिन्न कार्यहरुको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग गर्नुपर्ने बताइन् ।
तिहारमा समेत आमाको माया छात्रवासमा रहेका बालकहरुसँग टिका लगाउँदै आएकी अमात्यले बालगृहमा आएर जन्मदिन मनाउँदा बालगृहमा रहेका भाईहरु पनि खुसि भएको बताइन् ।
आमाको माया छात्रवासमा अहिले २१ जना आमा बुवा नभएका असाहय बालकहरुले आश्रय लिएर बसीरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया