नुवाकोट जिल्ला लिग : उद्घाटन खेलमा ईनारपाटी र पिपलटार भिड्दै
नुवाकोट । आजबाट शुरु हुने नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उद्घाटन खेलमा न्यु ईनारपाटी युवा क्लब र पिपलटार फुटवल क्बल भिड्ने भएका छन् ।
नुवाकोट फुटवल संघद्धारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा ईनारपाटी र पिपलटारको क्लबले खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छन् ।
खेल दिउँसो ३ बजे नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शुरु हुने छ ।
लिगमा जिल्लाका १२ वटा क्लब सहभागी भएका छन् । जसलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा न्यु ईनारपाटी युवा क्लब, पिपलटार फुटवल क्लब र बट्टार युथ क्लब रहेका छन् ।
समूह ‘बी’ मा वनदेवी युवा क्लब, तप्त युवा क्लब र न्यु स्टार क्लब रहेका छन् । यस्तै समूह ‘सी’ मा देविघाट जालपा क्लब, कोलनी युथ सर्कल र नुवाकोट युनाइटेड फुटवल क्लब रहेका छन् ।
त्यस्तै समूह ‘डी’ मा न्यू भिजन युथ क्लब, युनिक ब्वाईज स्पोर्टस क्लब र थ्रि डि युवा क्लब रहेका छन् ।
लिगको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजाररुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
लिगमा सहभागि भएका १२ क्लबमध्ये दुई क्लब घटुवामा पर्नेछन् । यसअघि कोरोना महामारीका कारण दुई वर्ष जिल्ला लिग हुन सकेको थिएन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया