रसुवागढी नाकाबाट ईभीको आयात तेब्बर बढ्यो

विदुर खबर २०८१ जेठ १२ गते २१:१०

नुवाकोट । चीनसँग जोडिएको सीमानाकामध्ये व्यस्त र बढी राजस्व उठ्ने रसुवागढी भन्सारबाट पछिल्लो समय विद्यतीय सवारीसाधन आयातमा बढोत्तरी भइरहेको छ ।

Advertisement

रसुवागढी नाकाबाट सबैभन्दा बढी विद्यतीय कार, १० र १५ सिटका माइक्रो भ्यान तथा बस नेपाल भित्रिरहेका छन् । चालू आर्थिक वर्ष ०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट चार हजार सात सय ६ ओटा साना–ठूला सवारीसाधन आयात भएको रसवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये चार हजार ६ सय ७९ विद्यतीय कार, माइक्रो भ्यान र माइक्रोबस नेपालतर्फ भित्रिएका हुन् ।

सो नाकाबाट पाँच हजार आठ सय ५० सवारीसाधन भन्सार पक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकृत निर्मल कँडेलले जानकारी दिए ।

Advertisement

विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शल्क ११ लाख ९८ रुपैयाँ छ । रसुवा भन्सार प्रमुख भन्सार अधिकृत रामपसाद पाठकका अनुसार चालू आवका नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । तुलनात्मक हिसाबले एक सय ६६ पतिशत राजस्व वृद्धि भएको पाठकले बताए ।

गत आवको यस अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ मात्र असली भएको थियोर । ठूलो संख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालू आवमा करबापतको राजस्व बढेको होर । चालू आवका नौमहिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामगी आयात भएको थियो । आयातीत्र सामग्रीमा सानाठूला सवारीसाधन, इलेक्ट्रिक सामान, जत्ता, चप्पल, तयारी कपडा, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामगी छन् ।

Advertisement

०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा वर्षमा दैनिक तीन सयदेखि चार सय सवारीसाधन आवतजावत हुने गरेको छर । चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएकाले व्यापार, व्यवसाय पनि चलायमान भइरहेको स्थानीय होटेल व्यवसायी पदम रुम्बाले बताए ।

रसुवागढी नाकाबाट चीनको केरुब पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुुपर्छ । मलुकमा विद्यतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्याब्कले देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आ.व.को पहिलो १० महिनाको विवरणअनसार हालसम्म आठ हजार चार सय ९७ वटा चारपाब्गे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएका छन् ।

यो वृद्धि गत वर्षको तलनामा करिब तीन गुणाले बढी हो । विभागको तथ्याब्कअनसार गत वर्ष सोही अवधिमा दई हजार नौ सय ५५ वटा चारपाब्ग्रे गाडी भित्रिएका थिए । वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार चार सय ७२, ५१ देखि एक सय किलोवाटसम्मका चार हजार आठ सय ९६ वटा, एक सय एकदेखि दुई सय किलोवाटसम्मका एक सय पाँचवटा र त्यसभन्दा ठूला क्षमताका २४ वटा कार÷जिप÷भ्यान आयात भएको देखिएको छ ।

वैशाख महिनामा मात्र एक हजार चार सयवटा विद्युतीय कार भित्रिएका छन् ।

प्रतिक्रिया