बुद्धभूमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पायो

विदुर खबर २०८१ जेठ ९ गते ७:४२

नुवाकोट । बुद्धभूमि हाइड्रोपावर कम्पनिले हकप्रद निस्कासन गर्ने भएको छ ।

Advertisement

कम्पनिले हकप्रदको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृत पाएको हो । कम्पनीले गत वैशाख २० मा विद्युत नियम आयोग समक्ष हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो ।

हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले १ः१ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमि दिएको छ ।

Advertisement

बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्धक हो। कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ छ।

प्रतिक्रिया