धादिङमा राजमार्ग खन्दा धाँजा फाटेर दुई परिवार विस्थापित
नुवाकोट । नौबिसे-मुग्लिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ ।
गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई परिवार विस्थापित भएका हुन् । बैरेनी स्वास्थ्य चौकी अगाडी रहेको पृथ्वी राजमार्गको भित्ता खार्ने क्रममा सडक भन्दामाथि पट्टी रहेको घरमा धाँजा फाटेपछि निजहरुलाईअन्यत्र घर सार्नुपरेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताए ।
सडक भित्ता पट्टीको भाग खार्न लाग्दा भट्टटार निवासी धन बहादुर तामाङ र राजेश परियारको घर चर्किएको छ । आँगन र बारीमा धाँजा फाटेकाे छ । राजमार्गको भित्तामा ठुलाे कान्लाे हुनेगरि खारिएको र पहिलेदेखि कमजोर जमिन लड्ने अवस्थामा पुगेको छ ।
उनीहरूलाई नजिकै अन्य घरमा सुरक्षित राखिएको र हाल सडकको भित्ता खार्ने काम रोकिएको पनि अध्यक्ष खतिवडाले जानकारी दिए ।पीडित परिवारले क्षतिपूर्ति उपलब्ध गराउन र आफूलाई सुरक्षित राख्न व्यवस्था मिलाइदिन गाउँपालिका कार्यालयमा निवेदन समेत दिएका छन् ।
घटनापछि सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र भुगर्वविद टोलीले स्थलगत अध्ययन गरेर क्षतीको सम्बोधन गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया