मेरो माइक्रोफाइनान्समा सर्वसाधारणको हिस्सा १० प्रतिशत बढ्यो
विदुर खबर
२०८१ जेठ ७ गते १०:२७
नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरिएको छ ।
लघुवित्तमा सर्वसाधारण सेयरधनीहरूको १० प्रतिशत स्वामित्व बढ्ने गरी सेयर स्वामित्व परिवर्तन गरिएको हो । परिवर्तित संरचना अनुसार ५९.४ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४०.६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको कायम हुने लघुवित्तले जनाएको छ ।
अब संस्थापक समूहको ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण समूहको ४०.६ प्रतिशत अर्थात ५३ लाख ५९ हजार २ सय कित्ता सेयर कायम हुनेछ ।
कम्पनीको हाल १ करोड ३२ लाख कित्ता रहेका छन् । यसअघि कम्पनीको संस्थापक सेयर स्वामित्व ६९.४ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ३०.६ प्रतिशत रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया