शिवपुरीको रामायण माविलाई खड्काको एक लाख वरावरको आर्थिक सहयोग
नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा समाजसेवि शुशिल खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री रामायण छाप माध्यामिक विद्यालयलाई झण्डै एक लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेका छन् ।
बुधवार विद्यालयको ५९ औ अभिभावक भेलाको अवसर पारेर खड्काले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र बाग्मति प्रदेशसभाकी सांसद राधिका तामाङको उपस्थितिमा विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
खड्काले विद्यालयलाई आवश्यक पर्ने ५५ हजार ५ सय रुपैयाँको प्रोजेक्टर हस्तान्तरण गरेका छन् । उनले विद्यालयको कम्पाण्ड लगाउन समेत ५० हजार रुपैयाँ दिएका हुन् ।
अहिलेको युग विज्ञान र प्रविधिको युग रहेकाले विद्यालय पनि प्रविधिमैत्री बन्नुपर्ने भएकाले विद्यालयलाई प्राजेक्टर उपलब्ध गराएको खड्काले बताए । उनले आधुनिक प्रविधि अनुरुप सामुदायिक विद्यालयमा पठनपाठनमा सहज होस भन्ने अभिप्रायले सहयोग गरेको बताए ।
खड्काले विद्यालयलाई आगामी दिनमा समेत आवश्यक सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता समेत व्यत्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया