नुवाकोटमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न
नुवाकोट । नुवाकोटको बट्टारमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ ।
बाग्मति प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र नुवाकोट बहिरा संघको आयोजनामा ३ महिने नेपाली सांकेतिक भाषा तालिम शनिवार एक कार्यक्रमका बिच समापन भएको हो ।
गत माघ २८ गतेदेखि सुरु भएको तालिममा जिल्लाका २० जना सुन्ने र ५ जना बहिरासहित २५ जनाको सहभागिता रहेको नुवाकोट बहिरा संघका अध्यक्ष विक्रम घलेले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले सांग र अपांगता भएको व्यक्तीमा केही फरक नरहेको बताउँदै सांकेतिक भाषासँगै थप सिप सिक्नका लागि आग्रह गरे ।
उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा उर्तान समेत आग्रह गरे । साथै राज्यले सबै नागरिकहरुलाई हेर्ने दृष्टिकोण समान नरहेकोले वहिरा व्यत्तिहरु राज्यको उपेक्षामा परेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेलले वहिरा र अपाङगता भएको व्यत्ति राज्यको उपेक्षामा परेको बताए ।
उनले भाषाको नाममा सरकारले धेरै लगानी गरेपनि बहिरा समुदायको भाषालाई सबैले बुझ्ने गरि आम मानिससम्म ल्याउन आबश्यक पर्ने दोभाषे उत्पादन गर्न लगानी गर्नुपर्ने बताए ।
यस्तै तालिममा प्रशिक्षक समेत रहेका नुवाकोट बहिरा संघका अध्यक्ष विक्रम घलेले सरकारी कार्यालय तथा अन्य स्थानमा दोभाषेको व्यवस्था भए सञ्चारमा सहज हुने बताए ।
जिल्लामा बहिरा व्यक्तिहरुको संख्या धेरै रहेकोले उनिहरुको शिक्षा स्वास्थ्य,सीप रोजगारी तथा सांकेतिक भाषाको प्रर्वद्धन गर्न तालिम सहयोगी हुने विश्वास नुवाकोट वहिरा संघले लिएको छ ।
तीन महिने नेपाली सांकेतिक भाषा तालिम पाएपछि सहभागीहरुले तालिम धेरै फलदायी भएको बताएका छन । तालिम पाएपछि अव जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह सिर्जना भएको र हौसला समेत मिलेको उनीहरुले बताएका छन ।
तालिममा सहभागिहरुले तालिम फलदायी भएको बताउदै समाजमा रहेका बहिरा समुदायको आवाजको रुपमा आफुहरु प्रस्तुत हुन सक्ने भएको समेत बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया